१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्नेक्रममा आज (मङ्गलबार) दिउँसो ३ः३० बजे एकजना बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीकाअनुसार नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका हुन् […]

पूरा पढ्नुहोस्

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् । मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी […]

पूरा पढ्नुहोस्

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित […]

पूरा पढ्नुहोस्

आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल […]

पूरा पढ्नुहोस्

सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामी सञ्चालन गरिने

नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताउनुभएको हो । “धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी […]

पूरा पढ्नुहोस्

बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने

दमौली । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गर्नुभयो । मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा […]

पूरा पढ्नुहोस्

पितौजीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित गैँडाकोट–१० पितौजीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन् । नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको को१९प ४००२ नम्बरको मोटरसाइकल राति १ः०० बजेको समयमा अनियन्त्रित भइ सडकमा पल्टिदा तीन जना घाइते भएका हुन् । सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर पितौजीका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काकाअनुसार दुर्घटनामा घाइते भएकामध्ये एक […]

पूरा पढ्नुहोस्

जलजलामा ‘गोठस्टे’ सञ्चालन

सन्तोष गौतम म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

नवलपुर । नवलपुरको गैँडाकोटमा सञ्चालन भएको चौथो गैंडाकोट महोत्सव २०८२ को हिसाब सार्वजनिक गरिएको छ । गत वर्षको पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा भएको महोत्सवको हिसाब मंगलबार सार्वजनिक गरिएको हो । मंगलबार गैँडाकोटमा आयव्यय विवरण प्रस्तुत एवम् पत्रकार भेटघाट कार्यक्रम गर्दै आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले सार्वजनिक गरेको हिसाबअनुसार महोत्सवले […]

पूरा पढ्नुहोस्

समुदायका व्यक्तिलाई आगो नियन्त्रण अभ्यास

नवलपुर । नवलपुरको गैँडाकोटमा घरमा अचानक हुने आगलागी नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टिमले कावासोती नगरपालिकाका सरोकारवालाहरुलाई आइतबार आगलागी नियन्त्रण सम्बन्धी अभ्यास गराएको हो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र खड्काले घरमा हुने सिलिण्डर ग्यासको […]

पूरा पढ्नुहोस्