१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

चौथो गैँडाकोट महोत्सवः १० हजार दर्शकद्वारा अवलोकन

नवलपुर । चौथो गैँडाकोट महोत्सवको आज आइतबार १० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो । महोत्सव सुरु भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताए । आगामी दिनमा दर्शकहरुको संख्या अझै […]

पूरा पढ्नुहोस्

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँदै

नवलपुर । नवलपुरको गैँडाकोटमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । गैँडाकोट फुटबल क्लबको आयोजनामा यही पुस २९ देखि माघ ५ गतेसम्म वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । युवाहरुलाई फुटबलको माध्यमबाट अनुशासित बनाउँदै धुमपान, मध्यपान तथा लागुपदार्थ दुव्र्यसनीबाट जोगाइ सक्षम नागरिक तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आज […]

पूरा पढ्नुहोस्

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका […]

पूरा पढ्नुहोस्

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको देखिन्छ । दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर पनि गण्डकी प्रदेशमा ८९ […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा गायिका समीक्षा अधिकारीको प्रस्तुती रहने

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज गायिका समीक्षा अधिकारीसहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर खनालकाअनुसार आज आइतबार सांस्कृतिक कार्यक्रममा समीक्षा अधिकारीसहित सरिता गुरुङ, दीपक खड्का एवम् आरसी पौडेलको प्रस्तुती रहनेछ । महोत्सवमा धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय भजन प्रतियोगितासमेत […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा जलपरीको आकर्षणः नगरप्रमुख अधिकारीद्वारा उद्घाटन

नवलपुर । चौथो संस्करणमा गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको आज उद्घाटन गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आज जलपरी राखिएको डोमको उद्घाटन गरेका हुन् । जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गरेका छन् । महोत्सवमा राखिने जलपरी यहाँको लागि नौलो भएको भन्दै नगरप्रमुख अधिकारीले […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सुरु भएको चौथो संस्करणको गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतसहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रमको आकर्षणको रुपमा लोकप्रिय गायक प्रकाश सपूतसहित गायिका सीता राजना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको […]

पूरा पढ्नुहोस्

भव्य रुपमा चौथो गैँडाकोट महोत्सव सुरु

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा चौथो गैँडाकोट महोत्सव सुरु भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवमा विभिन्न २५० वटा स्टलहरु रहेका छन् […]

पूरा पढ्नुहोस्

नेपालमै रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास छः अध्यक्ष ढकाल

नवलपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्ने आफूहरुको प्रयास रहेको बताउनुभएको छ । नवलपुरको गैँडाकोटमा आज (शुक्रबार)देखि सुरु भएको चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताउनुभयो । “हाम्रो प्रयास कमसेकम यहीँ नै रोजगारी सिर्जना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई […]

पूरा पढ्नुहोस्