प्रदेश
भरतपुर १२ का वडाध्यक्षद्वारा असहाय परिवारको व्यवस्थापन
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले वडामा घरवारविहीन अवस्थामा रहेका दुई परिवारलाई वडा नम्बर १२ को कालिका टोलमा रहेको शब्द चिन्तन संघको परिसरमा घर निर्माण गरि व्यवस्थापन गर्नुभएको छ । दुई परिवारलाई वडावासीको भव्य सहभागितामा एक समारोहकाबीच बाजागाजा तथा भजनकीर्तन सहित गृह प्रवेश गराइएको छ । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
कोटिहोम महायज्ञमा रमणानन्द गिरीद्वारा ५२ हजार दान
चितवन । तनहुँको देवघाटस्थित महेश संन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरी महाराजले भरतपुर–१ वागीश्वरीमा जारी कोटिहोम महायज्ञको दर्शन गर्नुभएको छ । उहाँले सोमबार महायज्ञको दर्शन गर्नुका साथै महायज्ञमा ५२ हजार ६०० रुपैयाँ दान गर्नुभयो । उहाँले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ प्रदान गर्दै महायज्ञ आयोजकले दिएको दक्षिणासमेत महायज्ञमा नै दान गर्नुभएको थियो […]
पूरा पढ्नुहोस्
रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
चितवन । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो । सोमबार मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत […]
पूरा पढ्नुहोस्
सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख […]
पूरा पढ्नुहोस्
‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ
म्याग्दी । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ […]
पूरा पढ्नुहोस्
आजको मौसमः केही स्थानमा हल्का वर्षा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया […]
पूरा पढ्नुहोस्
गैँडाकोटको जयश्री खोलामा डुबेर बालिकाको मृत्यु
नवलपुर । खोलामा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–४ स्थित जयश्री भङ्गभङ्गे खोलामा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर गैँडाकोट–१ की ११ वर्षीया बालिका सजिना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकी थापा पानी जमेको स्थान (दह)मा मृत अवस्थामा […]
पूरा पढ्नुहोस्
नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक
चितवन । चितवनको नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरिएको छ । नेपालका लागि टिभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स र मालाश्री अटो मोबाइल्सले आज दिउँसो नारायणघाटमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘अधिक कमाइ, अब्बल रोजाइ’ भन्ने नाराका साथ सार्वजनिक गरेको मालाश्री अटो मोबाइल्सका सञ्चालक भीमसेन […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ […]
पूरा पढ्नुहोस्



