१५ कार्तिक २०८३, आइतबार

प्रदेश

पर्यटकीय क्षेत्र भएर पनि सुदूरपश्चिममा छैनन् पर्यटक

सुदूरपश्चिम । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ […]

पूरा पढ्नुहोस्

स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोलाको नेतृत्व

नवलपुर । स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुनः बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा निर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भएका छन् […]

पूरा पढ्नुहोस्

पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर […]

पूरा पढ्नुहोस्

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

मुस्ताङ । मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य […]

पूरा पढ्नुहोस्

मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका […]

पूरा पढ्नुहोस्

हनुमान जयन्तीमा नारायणगढमा भव्य निशान शोभायात्रा

चितवन । हनुमान जयन्तीको अवसरमा मारवाडी सेवा केन्द्र नारायणगढले बिहीबार निशान शोभायात्रा कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक आस्था र सांस्कृतिक उत्साहका साथ आयोजना गरिएको उक्त शोभायात्रामा मारवाडी समाज नारायणगढका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शोभायात्रा नारायणगढस्थित हरिहर मन्दिरबाट सुरु भई नारायणगढ बजार परिक्रमा गर्दै मारवाडी सेवा केन्द्रको भवनभित्र रहेको मन्दिरमा पुगेर समापन गरिएको थियो। सहभागीहरूले […]

पूरा पढ्नुहोस्

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

नवलपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटमा धुमधामसँग हनुमान् जयन्ती मनाइँदै

नवलपुर । नवलपुरको गैँडाकोटस्थित हनुमान् मन्दिरमा धुमधामसँग हनुमान जयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा मन्दिरमा आज बिहानैदेखि विभिन्न धार्मिक अनुष्ठानसहित हनुमान् जयन्ती मनाइँदैछ । हनुमान् जयन्तीका अवसरमा आज बिहानैदेखि मन्दिर परिसरमा अखण्ड श्रीहरिनाम सङ्कीर्तन, हनुमान् चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजनसहित पूजाआज सुरु भएको छ । हनुमान् जयन्तीकै अवसरमा आज साँझ […]

पूरा पढ्नुहोस्

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । […]

पूरा पढ्नुहोस्

वन्यजन्तु संरक्षण गर्न निकुञ्जमा कृत्रिम ताल निर्माण

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ । विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण बासस्थानको रूपमा […]

पूरा पढ्नुहोस्