प्रदेश
भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो
नवलपुर । चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ । प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएको कैलाश संन्यास आश्रम भजन समूहले २० हजार रुपैयाँ पुरस्कार हात पारेको प्रतियोगिताको निर्णायक सहसंयोजक ढकबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा चितवनको भरतपुरस्थित शिवालय सेवा समिति गोपेश्वर […]
पूरा पढ्नुहोस्
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
चितवन । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उहाँका अनुसार यस क्षेत्रबाट […]
पूरा पढ्नुहोस्
मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक
म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन । नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको […]
पूरा पढ्नुहोस्
माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा भक्तजन आउन थाले
तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भन्नुभयो […]
पूरा पढ्नुहोस्
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]
पूरा पढ्नुहोस्
गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबलमा बुधबार चार खेल सम्पन्न
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा बुधबार चार वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत तीन वटा पुरुषतर्फका खेल भएका तथा एउटा महिलातर्फको खेल भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा गैँडाकोट ११ विजयी भएको छ । वडा नम्बर १ […]
पूरा पढ्नुहोस्
सरसफाइ अभियान्ता अपिल घिमिरे महानगरको वातावरण विज्ञमा नियुक्त
भरतपुर । भरतपुर–१३ का राप्ती तटीय क्षेत्र सरसफाइ अभियान्ता अपिल घिमिरे भरतपुर महानगरपालिकाको वातावरण विज्ञका रुपमा नियुक्त हुनुभएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घिमिरेलाई आज बुधबार वातावरण विज्ञका रुपमा नियुक्त गर्नुभएको हो । घिमिरेले महानगरपालिकामा वातावरण संरक्षण र सरसफाइको क्षेत्रमा अमूल्य योगदान दिनुभएको भन्दै घिमिरेलाई नियुक्त गरिएको दाहालले बताउनुभयो । नगरप्रमुख दाहालले घिमिरेबाट […]
पूरा पढ्नुहोस्
बुधबार १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको बुधबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार बुधबार १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका हुन् । पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत […]
पूरा पढ्नुहोस्
नारायणघाटको नदीकिनारमा नारायणी एक्सपो सुरु
चितवन । चितवनको नारायणघाटको नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा नारायणी एक्सपो २०८२ सुरु भएको छ । बागमती प्रदेशका सांसद ईश्वर सापकोटा सुमनले बुधबार एक्सपोको उद्घाटन गर्नुभयो । रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद् चितवनको सहआयोजनामा भएको एक्सपोमा विदेशका विभिन्न स्थानका सहर तथा स्ट्याचु अफ लिभर्टी राखिएकाे छ […]
पूरा पढ्नुहोस्



