प्रदेश
गैँडाकोटमा जारी फुटबलमा दोस्रो चरणका खेलाहरु सुरु
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु भएका छन् । आज शुक्रबार वडा नम्बर ८ र १४ बीच भएको दोस्रो चरणको पहिलो खेलमा वडा नम्बर १४ विजयी भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिए । उनकाअनुसार वडा नम्बर १४ ले वडा नम्बर ८ लाई २–० […]
पूरा पढ्नुहोस्
निर्वाचन प्रहरी भर्ना : नवलपुरमा मागभन्दा थोरै आवेदन
नवलपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा निर्वाचन प्रहरीको आवेदन माग गरिएकोभन्दा थोरै परेको छ । थोरै आवेदन परेपछि आवेदन दिने समय दुई दिन थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले माघ १ गतेसम्म परेको आवेदन मागभन्दा थोरै भएकाले म्याद थप गरिएको जानकारी […]
पूरा पढ्नुहोस्
नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देलचुलीमा स्करपियोको ठक्करबाट गयराति पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ जाँदै गरेको बा १६ च ४७४० नम्बरको स्करपियोको ठक्करबाट गयराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । स्करपियोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेकी अर्याललाई उपचारका लागि मध्यविन्दु प्रदेशिक अस्पताल डण्डा लगिएकोमा […]
पूरा पढ्नुहोस्
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, […]
पूरा पढ्नुहोस्
आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
पूरा पढ्नुहोस्
आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती
नवलपुर । नवलपुरको नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज श्रीकृष्ण बम मल्लासहितका कलाकारको प्रस्तुती राख्दैछन् । महोत्सवको सांस्कृति कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शुक्रबार महोत्सवमा श्रीकृष्ण बम मल्लसहित, लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । पछिल्लो दिनहरुमा महोत्सवमा दर्शकको अकर्षण बढ्दै गएको लम्सालको भनाइ […]
पूरा पढ्नुहोस्
गैँडाकोट फुटबल : वडा नं. ३, ५ र ८ विजयी; प्रुसन गुरुङको चमकिलो प्रदर्शन
नवलपुुर । गैँडाकोट फुटबल क्लबको आयोजनामा तथा गैँडाकोट नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित अन्तर वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । नवजागरण खेलकुद रङ्गशाला थुम्सीमा भएको प्रतियोगितामा वडा नम्बर ३, ५ र ८ विजयी भएका प्रतियोगिताको खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितास्थल युवाहरुको उत्साह र […]
पूरा पढ्नुहोस्
आठौं एग्रिटेक एक्स्पोको तयारी पूरा, कृषिमन्त्री पौडेलबाट उद्घाटन हुने
चितवन । चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य सहित माघ २ गते शुक्रबारदेखि आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो हुंँदैछ । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुंँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ […]
पूरा पढ्नुहोस्
रत्ननगर महोत्सवः एकैदिन ४५ हजार बढीले गरे अवलोकन
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अवलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेबाट सुरु भएको उक्त महोत्सवको बिहीबार मात्र ४५ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अवलोकन गरेको […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवको २५ हजार दर्शकद्वारा अवलोकन
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको बिहीबार २५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवको बिहीबार हालसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेका हुन् । बिहीबार मघेसङ्क्रान्ति पर्व परेका कारण महोत्सव स्थलमा दर्शकको अत्यधिक […]
पूरा पढ्नुहोस्



