२ माघ २०८२, शुक्रबार ०८:२५
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देलचुलीमा स्करपियोको ठक्करबाट गयराति पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ जाँदै गरेको बा १६ च ४७४० नम्बरको स्करपियोको ठक्करबाट गयराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । स्करपियोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेकी अर्याललाई उपचारका लागि मध्यविन्दु प्रदेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पैदलयात्रीलाई ठक्कर दिई फरार स्कारपियो बा१६च ४७४० र चालक मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई गयराति नै गैँडाकोटबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको खड्काले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्