१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

जापनीज इन्सेफलाइटिसबाट एक महिनामा नवलपुरका तीन जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक महिनाको अवधिमा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ । साउन २० देखि हालसम्म जिल्लामा जापनीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जापनीज इन्सेफलाइटिस जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला तथा […]

पूरा पढ्नुहोस्

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख […]

पूरा पढ्नुहोस्

एमाले विधान महाधिवेशन आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले […]

पूरा पढ्नुहोस्

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दा अपायक […]

पूरा पढ्नुहोस्

आज देशभर साधारणतया बदली हुने

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ । कोशी, बागमती, गण्डकी र […]

पूरा पढ्नुहोस्

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न भोलिदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउनेक्रम जारी छ । एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको […]

पूरा पढ्नुहोस्

चुरे क्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले २०–२५ […]

पूरा पढ्नुहोस्

विद्यार्थीको सिकाइमा अन्तर्राष्ट्रिय आयामः इडेन गार्डेन स्कुलको जयपुरस्थित महेश्वरी स्कुलसँग सहकार्य

चितवन । भरतपुर–१० मा रहेको इडेन गार्डेन इङ्लिस सेकेण्डरी स्कुलले भारतको जयपुरस्थित महेश्वरी पब्लिक स्कुलसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको सिकाइको ढोका खोलेको छ । स्कुलले कक्षाकोठा र किताबी ज्ञानलाई मात्र पर्याप्त नमानी एक्काइसौँ शताब्दीको विद्यार्थीलाई व्यवहारिक ज्ञान आवश्यक छ भन्ने मान्यता लिँदै अन्तर्राष्ट्रिय स्तरको विद्यालयसँग सहकार्य गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले बताउनुभयो । महेश्वरी […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध […]

पूरा पढ्नुहोस्

चितवनकाे सौराहमा रमाउँदै ‘राम देव’

सनद अधिकारी / रासस चितवन । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् । निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण […]

पूरा पढ्नुहोस्