समाज
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, […]
पूरा पढ्नुहोस्
भजन तथा शङ्खध्वनि प्रतियोगिताको तयारी अन्तिम चरणमा
चितवन । नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा जगेर्ना गर्दै भावि पुस्तालाई यसबारे अवगत गराउने उद्देश्यले शनिबार आयोजना हुन लागेको ‘ऐतिहासिक भजन तथा शङ्खध्वनि वादक प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ । युवापुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरस्थित खेल मैदानमा कार्यक्रम आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु
चितवन । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो । वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक)को काम सुरु गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा […]
पूरा पढ्नुहोस्
गाउँमा गैँडा पसेपछि …….
नवलपुर । माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका करिब तीन वर्षको एक जना बालकलाई गैँडाले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकोमा चोट लागेको छ । त्यस्तै २० गते मङ्गलबार दिउँसो १२ बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई […]
पूरा पढ्नुहोस्
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो
बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार […]
पूरा पढ्नुहोस्
निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी
काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा […]
पूरा पढ्नुहोस्
अफ्रिकन ‘स्वाइन फिभर’ बाट तीन सय बङ्गुर मरे, केही किसानको फार्म नै रित्तियो
टेकराज पोखरेल/रासस नवलपुर । पछिल्लो एक सातामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३०० बढी बङ्गुर मरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकामा फैलिएको यस रोगबाट १३ जना कृषकले पालेका तीन सय सात वटा बङ्गुर मरेका हुन् । पशुसेवा कार्यालय गैँडाकोटका अनुसार पालिकाभित्रका कृषकले पालेका बङ्गुरमा फैलिएको यस रोगबाट आज दिउँसोसम्म थप चार सय ४० वटा […]
पूरा पढ्नुहोस्
माघ २२ गते गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा
नवलपुर । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते बिहीबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णयअनुसार उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् । प्रदेश स्थापनाको ऐतिहासिक महत्वलाई स्मरण गर्दै स्थापना दिवसलाई भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको […]
पूरा पढ्नुहोस्
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
चितवन । जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उहाँले भन्नुभयो, “खोप लगाउनका लागि आवश्यक सात […]
पूरा पढ्नुहोस्
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र […]
पूरा पढ्नुहोस्



