१२ कार्तिक २०८३, बिहीबार

समाज

नवलपुरका ११ मतदानस्थल अतिसंवेदनशील

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा विभिन्न ११ मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा […]

पूरा पढ्नुहोस्

गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा […]

पूरा पढ्नुहोस्

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार […]

पूरा पढ्नुहोस्

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ । रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त […]

पूरा पढ्नुहोस्

देवघाटमा शतचण्डी महायज्ञ एवम् माघ महोत्सव हुँदै

देवघाट । नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव हुने भएको छ । माघ १९ देखि माघ २९ गतेसम्म महायज्ञ एवम् माघ महोत्सव आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महायज्ञ एवम् माघ महोत्सवका सङ्कल्पकर्ता तथा कथा वाचक आचार्य शीतलकृष्णजी महाराजले देवघाटधामको धार्मिक महत्व […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर नेपालको स्थापना दिवसमा दीप प्रज्वलन

चितवन । प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिको आफ्नो २२औँ स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यमा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गरी स्थापना […]

पूरा पढ्नुहोस्

वृद्धाको हत्या गरी लुटपाट गर्ने पाँच जना पक्राउ

चितवन । चितवनको रत्ननगरमा गत पुस २६ गते ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या गरी फरार व्यक्तिहरु पक्राउ परेका छन् । घरमा एक्लै बस्दै आएकी रत्ननगर–४ सिनेमारोडकी तामाङ दिउँसोसम्म पनि घर बाहिर ननिस्किएपछि स्थानीयले खोजी गर्दा घरभित्रै मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी पुगेर मुचुल्का उठाउँदा वृद्धाको हत्या भएको हुनसक्ने देखिएपछि […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु भएको छ । गैँडाकोट–५ स्थित जानकरी ग्यालरीमा सुरु भएको प्रदेशस्तरीय प्रदर्शनी माघ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान एवम् गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । […]

पूरा पढ्नुहोस्

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ । माथिल्लो मुस्ताङको लोमान्थाङ […]

पूरा पढ्नुहोस्

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ […]

पूरा पढ्नुहोस्