१२ कार्तिक २०८३, बिहीबार

समाज

उच्च पहाडी भेगमा बाक्लो हिमपात पर्दा जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च […]

पूरा पढ्नुहोस्

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको […]

पूरा पढ्नुहोस्

चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताउनुभयो । आधुनिक […]

पूरा पढ्नुहोस्

नवलपुरमा ३० कुष्ठरोगीको उपचार हुँदै

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा अहिले ३० जना कुष्ठरोगीको उपचार भइरहेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ नयाँ कुष्ठरोगीको पहिचान भएको छ । जिल्लामा हाल १२ महिला र १८ पुरुष कुष्ठरोगीको उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवमा मात्र एक महिला […]

पूरा पढ्नुहोस्

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

नारायण न्यौपाने/रासस काठमाडौँ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले […]

पूरा पढ्नुहोस्

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा […]

पूरा पढ्नुहोस्

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी राससलाई दिनुभयो । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो । डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी […]

पूरा पढ्नुहोस्

आज शान्तिश्री परियार गैँडाकोट महोत्सवमा आउँदै

गैँडाकोट, ६ माघ । चौथो गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रममा आज मंगलबार चर्चित कलाकार शान्तिश्री परियार आउने भएकी छिन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवमा परियारसहित चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । महोत्सवमा आज मंगलबार शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, […]

पूरा पढ्नुहोस्

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र

सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ । फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर […]

पूरा पढ्नुहोस्

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ । हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ […]

पूरा पढ्नुहोस्