१३ कार्तिक २०८३, शुक्रबार

समाज

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

नारायण अधिकारी चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो । यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ । त्यसो […]

पूरा पढ्नुहोस्

निर्वाचन ४७ दिन बाँकी : निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी छनोट […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्नेे निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । “अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई […]

पूरा पढ्नुहोस्

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भन्नुभयो […]

पूरा पढ्नुहोस्

सरसफाइ अभियान्ता अपिल घिमिरे महानगरको वातावरण विज्ञमा नियुक्त

भरतपुर । भरतपुर–१३ का राप्ती तटीय क्षेत्र सरसफाइ अभियान्ता अपिल घिमिरे भरतपुर महानगरपालिकाको वातावरण विज्ञका रुपमा नियुक्त हुनुभएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घिमिरेलाई आज बुधबार वातावरण विज्ञका रुपमा नियुक्त गर्नुभएको हो । घिमिरेले महानगरपालिकामा वातावरण संरक्षण र सरसफाइको क्षेत्रमा अमूल्य योगदान दिनुभएको भन्दै घिमिरेलाई नियुक्त गरिएको दाहालले बताउनुभयो । नगरप्रमुख दाहालले घिमिरेबाट […]

पूरा पढ्नुहोस्

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको आज मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा आज साँझ दर्शकको अत्यधिक भीड रहेको थियो । पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । अर्जुन सापकोटा जिल्लाकै कलाकार एवम् समकालीन सांगीतिक […]

पूरा पढ्नुहोस्

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन […]

पूरा पढ्नुहोस्

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा सांस्कृतिक प्रस्तुती

नवलपुर । गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुती दिएर भरपुर महोत्सव दिएका थिए । त्यस्तै शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गायर समेत दर्शकलाई मनोरञ्जन दिएका लम्सालको […]

पूरा पढ्नुहोस्