समाज
अवेक नेपालद्वारा त्रिवि क्रिकेट रङ्गशालामा वृहत सरसफाइ
चितवन । सामाजिक तथा गैरसरकारी संस्था अवेक नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला क्षेत्रमा बृहत सरसफाइ गरेको छ । केही दिन अगाडि सकिएको नेपाल प्रिमियम लिग (एनपीएल) का क्रममा भएको फोहोर हटाउने उद्देश्यले संस्थाले शनिबार वृहत सरसफाइ गरेको अवेक नेपालका सहसंस्थापक सुजल ऐरले बताउनुभयो । उक्त सरफाइ कार्यक्रममा कीर्तिपुर नगरपालिका उप–प्रमुख शुभलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग अन्तर्गत चार लेनको मादी पुल अन्तिम चरणमा
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु
चितवन । कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाई आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरू विकास गर्न सहयोग पु¥याउने उद्देश्यले शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउन तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ बिहीबारदेखि सुरू भएको छ । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र […]
पूरा पढ्नुहोस्
भरतपुरमा रोयल इनफिल्ड मेटिओर ३५० को बिक्री सुरु, सन अटो मोबाइल्सबाट उपलब्ध
चितवन । विश्वकै लोकप्रिय मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डको नयाँ भेरियन्ट ‘मेटिओर ३५०’ अब चितवनको बजारमा उपलब्ध भएको छ । भरतपुरस्थित सन अटो मोबाइल्सले शुक्रबारदेखि यसको औपचारिक बिक्री शुभारम्भ गरेको हो । सन अटोमोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठले मेटिओर ३५० लाई चितवनका बाइकप्रेमीहरूका लागि उपयुक्त विकल्प भएको बताउँदै लामो दूरीको यात्रालाई सहज बनाउने र क्लासिक लुकले युवाहरूलाई […]
पूरा पढ्नुहोस्
गैँडाकोटको शिरमा अवस्थित आस्थाको प्रतीक मौलाकालिका
नवलपुर । नवलपुर, तनहुँ तथा चितवन जिल्लाको मनोरम प्राकृतिक वातावरण दृश्यावलोकनका लागि ‘भ्यूटावर’ सरह आकर्षक स्थल बनेको नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर धार्मिक आस्था र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक मौलाकालिका मन्दिर प्रसिद्ध हिन्दु देवी माता कालिका को मन्दिर हो । यो मन्दिर पूर्व–पश्चिम राजमार्गको […]
पूरा पढ्नुहोस्
तीस हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै
नवलपुर । नवलपुरमा करिब ३० हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बिहीबारमात्रै जिल्लाका करिब ५० प्रतिशत बालबालिकालाई भिटामिन ए र जुकाको […]
पूरा पढ्नुहोस्
सन अटो मोबाइल्समा रोयल इन्फिल्ड स्क्र्याम ४४० को बिक्री शुभारम्भ
चितवन । चितवनका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता सन अटो मोबाइल्सले स्क्र्याम ४४० को लन्च गरेको छ । भरतपुरमा रहेको शोरुममा आइतबार दिउँसो स्क्र्याम ४४० को दुई वटा भेरियन्टको लन्च गरिएको हो । सन अटो मोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठकाअनुसार आइतबार लन्च गरिएको स्क्र्याम ४४० को ट्रायल भेरियन्टको मूल्य ६ लाख ८९ हजार नौ सय […]
पूरा पढ्नुहोस्
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया […]
पूरा पढ्नुहोस्
ब्रम्हस्थानको ॐकारेश्वर मन्दिरमा अखण्ड हरिकीर्तन सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रम्हस्थानस्थित ॐकारेश्वर महादेव मन्दिरमा ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु गरिएको छ । कात्तिक १५ गते परेको हरिबोधनी एकादशीको अवसरमा मन्दिरमा बिहीबारदेखि ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमनारायण शर्माले जानकारी दिनुभयो । अखण्ड हरिकीर्तन सुरु हुनु अगाडि मन्दिर परिसर सरसफाइ गरिएको उहाँको भनाइ छ । नारायणी […]
पूरा पढ्नुहोस्
नवलपुरको प्रहरी चौकी जलाउने सात जना पक्राउ
नवलपुर । ‘जेन–जी’ प्रदर्शनको क्रममा गत भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जिल्लाको हुप्सेकोट–१ बेलुवास्थित प्रहरी चौकी हुप्सेकोटभित्र प्रवेश गरी कार्यालय भवन तथा सवारीसाधनहरु तोडफोड, आगजनी गरी क्षति गराएको घटनामा संलग्न रहेका सात जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
पूरा पढ्नुहोस्



