चितवन । सामाजिक तथा गैरसरकारी संस्था अवेक नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला क्षेत्रमा बृहत सरसफाइ गरेको छ ।
केही दिन अगाडि सकिएको नेपाल प्रिमियम लिग (एनपीएल) का क्रममा भएको फोहोर हटाउने उद्देश्यले संस्थाले शनिबार वृहत सरसफाइ गरेको अवेक नेपालका सहसंस्थापक सुजल ऐरले बताउनुभयो । उक्त सरफाइ कार्यक्रममा कीर्तिपुर नगरपालिका उप–प्रमुख शुभलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । युवाहरुको समूहले नेतृत्व गरी सरसफाइ गर्नु राम्रो काम भएको भन्दै उहाँले संस्थाको प्रसंशा गर्नुभएको थियो ।
सरसफाइमा सबैको सहभागिता हुनुपर्ने भन्दै शाक्यले नभए कसैले पनि सार्वजनिक ठाउँमा फोहोर नगरेमा नगर सफा रहने बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. अक्कल देव मिश्र, सञ्चारकर्मी ऋषि धमलालगायत अन्य सामाजिक संघसंस्थाको उपस्थिति थियो ।
वृहत सरसफाइ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने नेपाल प्रहरी, त्रिभुवन विश्वविद्यालयलगायतका संघ–संस्थाहरूप्रति सहसंस्थापक ऐरले धन्यवाद ज्ञापन गर्नुभयो ।





प्रतिकृया दिनुहोस्