समाज
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
वासुदेव पौडेल बागमती । हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ । समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन हुँदै आएको विद्यालयमा ५ कक्षादेखि ९ कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यालयमा देशका पूर्वमेचीदेखि महाकालीसम्मका […]
पूरा पढ्नुहोस्
शवदाह गृह साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई बुधबार हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले […]
पूरा पढ्नुहोस्
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य […]
पूरा पढ्नुहोस्
साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु […]
पूरा पढ्नुहोस्
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । अत्यधिक वर्षाका […]
पूरा पढ्नुहोस्
अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेनले उचाल्यो विश्वकप फुटबलको उपाधि
नवलपुर । अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका […]
पूरा पढ्नुहोस्
डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नगढीबाट दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ बर्षीय शुभम […]
पूरा पढ्नुहोस्
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका […]
पूरा पढ्नुहोस्
नवलपुरमा असारमा मात्रै साढे ३५ प्रतिशत विकास खर्च
नवलपुर । नवलपुरमा गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा खर्च भएको पुँजीगत खर्चको साढे ३५ प्रतिशत रकम असारमा मात्र खर्च भएको पाइएको छ । विकास खर्चको नामले समेत चिनिने पुँजीगत खर्च जिल्लामा असार मसान्तसम्म एक अर्ब ७८ करोड २५ लाख ९१ हजार रुपैयाँ खर्च भएकोमा असार महिना मात्र ६३ करोड १९ लाख ३८ हजार रुपैयाँ […]
पूरा पढ्नुहोस्
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
बन्दीपुर । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए […]
पूरा पढ्नुहोस्



