खेलकुद
महिला साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा भुटान पराजित
काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो । खेलको २३औँ मिनेटमा नेपालका खेलाडी गीता रानाले हानेको प्रहार भुटानी खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । नेपालले अब दोस्रो खेल यही जेठ […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका […]
पूरा पढ्नुहोस्
अमेरिकाद्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल र […]
पूरा पढ्नुहोस्
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका […]
पूरा पढ्नुहोस्
पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी
कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथलेक्टिसकी भण्डारी भएका हुन् । दुवै जना खेलाडीले खेलकुद क्षेत्रमा विगत एक वर्षमा गरेको प्रदर्शनका आधारमा अवार्ड […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा राष्ट्रिय साइकिलिङ प्रतियोगिता हुँदै, पहिलो हुनेलाई २५ हजार रुपैयाँ
नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ । गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज […]
पूरा पढ्नुहोस्
नवलपुरको बौदीकालीले उपाधि जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल
कास्की । नवलपुरको बौदीकाली गाउँपालिकाले गण्डकी प्रदेश अन्तरपालिका ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा यही चैत ११ गतेदेखि गाउँपालिकाको केन्द्र लाहाचोकको महेन्द्र मावि खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै बौदीकालीले उपाधि जितेको हो । च्याम्पियन बनेको बौदीकालीले ट्रफीसहित […]
पूरा पढ्नुहोस्
शाइनिङ स्कुलले बनायो जिल्लाकै पहिलो फुटसल मैदान (भिडियो)
नवलपुर । नवलपुरको गैँडाकोटस्थित शाइनिङ इङ्गलिस माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्यालयमा फुटसल मैदान निर्माण गरेको छ । नवलपुरको कुनै पनि विद्यालयमा फुटसल मैदान नभएको अवस्थामा शाइनिङले रु ६५ लाख खर्च गरेर फुटसल मैदान बनाएका पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक डा लक्ष्मीप्रसाद दवाडीले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा पनि सहभागी बनाउनुपर्छ भनेर फुटसल मैदान निर्माण […]
पूरा पढ्नुहोस्
गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई
नवलपुर, ५ फागुन । नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । लुम्बिनीले उपाधिसँगै रु तीन लाख नगद हात पार्न सफल भयो । उपविजेता बनेको मधेस प्रदेशले रु दुई लाख नगद […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश भिड्दै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज हुने फाइनल खेलका लागि लुम्बिनी र मधेस प्रदेशले आफ्नो स्थान सुरक्षित गरेका हुन् । सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक गैँडाकोट मेयर्स ११ लाई पाखा लगाउँदै […]
पूरा पढ्नुहोस्



