खेलकुद
इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण
काठमाडौँ । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् । वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र […]
पूरा पढ्नुहोस्
खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ : एक्सपर्ट एजुकेसन र एसीटी कन्सलटेन्सी फाइनल प्रवेश
चितवन । अखिल नेपाल खेलकुद महासंघ चितवनको आयोजनामा भएको खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ मा एक्सपर्ट एजुकेसन र एसीटी कन्सलटेन्सी फाइनलमा प्रवेश गरेका छन् । आज दिउँसो भएको पहिलो सेमीफाइनल खेलमा एसएसडब्लु कन्सलटेन्सीलाई २–० को सोझो सेटमा हराउँदै एसीटी कन्सलटेन्सी फाइनलमा प्रवेश गरेको प्रतियोगिताका रेफ्री रमेश विकले जानकारी दिनुभयो । त्यस्तै आज दिउँसो नै भएको दोस्रो […]
पूरा पढ्नुहोस्
अखिल नेपाल खेलकुद महासंघ चितवनको प्रथम जिल्ला सम्मेलन तथा खुला भलिबल प्रतियोगिता हुँदै
चितवन । अखिल नेपाल खेलकुद महासंघ चितवनको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । भदौ १८ गते भरतपुर–७ कृष्णपुरस्थित नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा जिल्ला सम्मेलन हुन लागेको महासंघका चितवन जिल्ला ईन्चार्ज विकास श्रेष्ठले जानकारी दिनुभयो । बुधबार प्रथम जिल्ला सम्मेलनले जिल्लामा नयाँ कार्यसमिति चयन गर्ने श्रेष्ठको भनाइ छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने […]
पूरा पढ्नुहोस्
आज साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारत भिड्दै
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको उपाधि अरोमा स्कुललाई
चितवन, ७ भदौ । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले आयोजना गरेको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौं संस्करणको उपाधि भरतपुर–१० को अरोमा स्कुलले जितेको छ । कुल १७६ अङ्क प्राप्त गर्दै अरोमाले उपाधि आफ्नो बनाएको हो । भरतपुरका ४५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना […]
पूरा पढ्नुहोस्
क्रिकेट : नेपाल पाकिस्तान शाहीन्ससँग पराजित
काठमाडौँ, ६ भदौ । अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै […]
पूरा पढ्नुहोस्
पाकिस्तानको शाहीन्सद्वारा नेपालका लागि एक सय ५४ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, ६ भदौ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनाएको हो । […]
पूरा पढ्नुहोस्
बजेट अभावमा माइभगवती रङ्गशाला निर्माण रोकियो
इलाम, ४ भदौ । इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थलल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् । रङ्गशाला […]
पूरा पढ्नुहोस्
पुरुष क्रिकेटः मेलबर्नमाथि नेपाल विजयी
काठमाडौँ, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि मङ्गलबार भएको आफनो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको थियो । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा आज भएको खेलमा नेपालले दिएको एक […]
पूरा पढ्नुहोस्
तेक्वान्दो खेलाडी सम्मानित
काठमाडौँ २ भदौ । हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । हिमालयन इन्टरनेसनल एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा टोखा नगरपालिका–५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसी डोजाङका प्रमुख रन्जितबहादुर डङ्गौराले सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापालाई […]
पूरा पढ्नुहोस्



