Screenshot
चितवन । अखिल नेपाल खेलकुद महासंघ चितवनको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । भदौ १८ गते भरतपुर–७ कृष्णपुरस्थित नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा जिल्ला सम्मेलन हुन लागेको महासंघका चितवन जिल्ला ईन्चार्ज विकास श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार प्रथम जिल्ला सम्मेलनले जिल्लामा नयाँ कार्यसमिति चयन गर्ने श्रेष्ठको भनाइ छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने तयारी गरिएको भन्दै सर्वसम्मत हुन नसकेमा लोकतान्त्रिक प्रकृयाबाट कार्यसमिति चयन गरिने श्रेष्ठले बताउनुभयो ।
यसैबीच, प्रथम जिल्ला सम्मेलनका अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ को समेत आयोजना गरिएको श्रेष्ठले बताउनुभयो । विभिन्न प्रतियोगिताबाट छनौट भएका चार वटा समूहले बुधबार सेमीफाइनल र फाइनल प्रतिस्पर्धा गर्ने श्रेष्ठको भनाइ छ । उहाँकाअनुसार एक्सपर्ट एजुकेसनले अमेरिकन पेन्टस् तथा एसएसडब्लु कन्सलटेन्सीले एसीटी कन्सलटेन्सीसँग सेमीफाइलनमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै समूहबाट विजेता हुने समूहले भोलि बुधबार नै फाइनल खेल्ने उल्लेख गर्दै जिल्ला ईन्चार्ज श्रेष्ठले प्रतियोगितामा पहिलो हुने समूहले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने समूहले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्