२५ भाद्र २०८२, बुधबार १०:२४
चितवन । हाल सामाजिक सञ्जालमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने शीर्षकसहित केही तस्वीरहरू प्रयोग गरी भ्रामक समाचार फैलाइएको घटनाप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीका अनुसार अन्य मुलुकमा घटेका पुराना हिंसात्मक घटनाका तस्वीरहरू प्रयोग गरेर हालको आन्दोलनसँग जोड्ने गरी गलत जानकारी सार्वजनिक गरिएको छ । यस्तो भ्रामक सामग्रीले जनमानसमा डर, त्रास फैलाउनुका साथै विद्यमान परिस्थितिलाई थप भड्काउने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा नेपाल प्रहरीले सबैलाई असत्य समाचार सिर्जना नगर्न तथा नगराउन आग्रह गरेको छ । प्रहरीको सूचनामा भनिएको छ, ‘सूचनाको सत्यता पुष्टि नगरी हल्ला वा भ्रामक समाचार प्रचारप्रसार गर्नु कानुनविरुद्धको कार्य हो, यस्तो गतिविधि गर्नेहरूमाथि आवश्यक कारबाही हुनेछ ।’





प्रतिकृया दिनुहोस्