२५ भाद्र २०८२, बुधबार ११:०९
चितवन । चितवनको भरतपुर कारागारबाट आज बिहान करिब छ सय जना कैदीबन्दी भागेका छन् । कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन् ।
कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए । त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । यस क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप पनि भएको थियो ।
७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए। कैदीबन्दीहरूको तोडफोड र आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको ढुंगानाले बताउनुभयो ।
फरार भएका कैदीबन्दीहरूको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्