३ पुष २०८२, बिहीबार २१:५०
चितवन । यही पुसको ९ देखि १२ गतेसम्म हुने बागमती प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका लागि भरतपुरमा खेलाडी छनौट गरिने भएको छ ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको प्रदेशस्तरीय प्रतियोगिताका लागि पुस ५ गते शनिबार भरतपुरमा खेलाडी छनौट गर्न लागिएको चितवन जिल्ला भलिबल संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन जिल्लाको महिला भलिबल टिमबाट सहभागी पठाइने भएकाले खेलाडी छनौट गरेर पठाइने विश्वकर्माको भनाइ छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गर्नका लागि भरतपुरको गेस्ट हाउस चौरमा खेलाडी छनौट गर्न लागिएको विश्वकर्माले जानकारी दिनुभयो । चितवन जिल्लाको नागरिकता भएका महिला खेलाडीहरुले छनौट प्रतियोगितामा सहभागी हुनका लागि सम्पर्क गर्नसमेत विश्वकर्माले आग्रह गर्नुभएको छ ।





प्रतिकृया दिनुहोस्