नवलपुर । अवैध लागु औषध एक किलो गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो गैँडाकोट–७ गैरीका २८ वर्षीय सुरज भट्टराईलाई गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले परालको टौवामा लुकाएर राखेको गाँजासहित भट्टराईलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भट्टराईको परालको टौवामा खोजतलास गर्दा एक किलो गाँजा, रु १० हजार ९५०, ट्रामोल ३५० क्याप्सुल, एनार्गन २७० क्याप्सुल, भोमिन १०० क्याप्सुलसमेत बरामद गरेको नेपालले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषध बरामद गरी पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान अगाडि बढाइएको नेपालले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्