नवलपुर । नवलपुरको गैँडाकोटमा आज राति पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट–१३ स्थित पूर्वपश्चिम राजमार्गको उत्तमचोकमा ना२च ४०९८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा स्थानीय पैदलयात्री ६२ वर्षीय प्रेमबहादुर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट नारायणघाटतर्फ जाँदै गरेको भ्यानले आज (बुधबार) राति करिब ८ः३० बजेको समयमा बाटो काट्ने क्रममा रहेका पैदलयात्री क्षेत्रीलाई ठक्कर दिई घाइते बनाएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काकाअनुसार पिकअप भ्यानको ठक्करबाट घाइते भएका क्षेत्रीलाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने सवारीसाधन र सवारी चालक चितवनको रत्ननगर–१३ का ४६ वर्षीय सतिस रेग्मीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको खड्काले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्