AI Picture
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१४ स्थित अग्यौलीमा गएराति तीन वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
गोडारबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलमा गोडारतर्फ जाँदै गरेको प्रदेश ०३–०३ प २५२१ नं.को मो.सा. ठोक्किएर पुनः ग.प्र.०४–००२ प १८४७ नम्बरको मोटरसाइकलसँग ठोक्किदा एक जनाको मृत्यु भएको हो । जिल्लाको देवचुली–१७ का २८ वर्षीय युवा ओमप्रकाश खोजवारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा गम्भीर घाइते भएका खोजवारको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
तीन वटै मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको मोटरसाइकल चालक कावासोती–११ का २५ वर्षीय घनश्याम महतोलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको खड्काले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्