चितवन । चितवन २ बाट रवि लामिछाने निर्वाचित भएका छन् । केही बेर अगाडि सार्वजनिक गरिएको अन्तिम पतरिणामअनुसार रवि लामिछाने ५४ हजार ४०२ मतसहित निर्वाचित हुनुभएको हो ।
फागुन २१ मा भएको मतदानमा यस क्षेत्रमा ८७ हजार २८ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन २ मा आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी मीना कुमारी खरेललाई करिब ४० हजार मतान्तरले पछाडि पार्दै निर्वाचित हुनुभएको हो ।
खरेलले जम्मा १४ हजार ५६४ मत प्राप्त गर्नुभएको यस क्षेत्रमा नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभयो । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ९६९ मत प्राप्त गर्नुभएको छ ।
एक लाख ३७ हजार १५२ मतदाता रहेको चितवन २ मा २३ जना उम्मेदवार रहेका थिए । यहाँ दुई हजार ७९६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्