२७ फाल्गुन २०८२, बुधबार ०७:४९
नवलपुर । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ७ः४४ बजेससम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ४१२, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख चार हजार १७१, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३१४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९५३ प्राप्त गरेको छ । मतगणना जारी छ ।





प्रतिकृया दिनुहोस्