काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।
डिसेम्बर १५, २०२५ देखि जनवरी ४, २०२६ सम्म सञ्चालन भएको तीन साताको अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो । उत्कृष्ट प्रदर्शन र सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो । अभियानका ग्रान्ड विजेतामा क्याब चालक श्रेणीमा तुम बहादुर थापा मगरले टाटा एक्सप्रेस टीईभी प्राप्त गरे भने बाइक/मोटो राइडर श्रेणीमा अशेष मगरले टिभीएस राइडर जिते ।
ग्रान्ड पुरस्कारका अतिरिक्त, विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएका थिए । जसअन्तर्गत १५ जनाले रेडमी नोट १४ फाइभ जी स्मार्टफोन, ३० जनाले अल्टिमा अटोम ब्लुटुथ, तथा एक हजार ५०० जनाले पेट्रोल भौचर प्राप्त गरेका इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले जानकारी दिनुभयो । राईले विजेताहरूलाई बधाई दिँदै भन्नुभयो, “हाम्रा चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार हुन् । उहाँहरूको समर्पणको सम्मान गर्दै हामीले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सञ्चालन गरेका हौँ । यसले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ ।”
इनड्राइभले चालक साझेदारहरूलाई केवल सेवा प्रदायक मात्र नभई समुदायका महत्वपूर्ण सदस्यका रूपमा सम्मान गर्ने प्रतिबद्धता दोहो¥याएको छ । कम्पनीले निष्पक्षता, पारदर्शिता र रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने लक्ष्य राखेको छ ।





प्रतिकृया दिनुहोस्