१४ चैत्र २०८२, शनिबार ०९:०१
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार बिहान स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ। उनलाई आज बिहान पक्राउपछि अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ।
रेड एरियामा जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि राख्ने गरिन्छ। मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य परीक्षण मिर्गौला विशेषज्ञ चिकित्सकले गर्ने तयारी छ।
चिकित्सकको सुझावअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अस्पताल स्रोतले जनाएको छ। यसअघि जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहानै प्रहरीले उनलाई गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो





प्रतिकृया दिनुहोस्