चितवन । चितवनको भरतपुर–१० सप्तगण्डकी चोकमा रहेको कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (CCHM) चितवनले रोजगारीको ग्यारेन्टीसहित विभिन्न विषयमा भर्ना खुला गरेको छ ।
नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), मलेसियाको ETVA, अमेरिकाको AHA तथा अष्ट्रेलियाको AHS को प्राविधिक सहकार्यमा CCHM Chitwan ले SEE तथा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै नयाँ भर्ना खुला गरेको हो ।

CCHM Chitwan का कार्यकारी अध्यक्ष रवीन्द्र बुढाथोकीकाअनुसार माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर NG आएका विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा दिएर NG आएका विद्यार्थीलेसमेत अध्ययन गर्न पाउनेगरी नयाँ भर्ना खुला भएको हो । उहाँकाअनुसार CCHM Chitwan मा Diploma in Hotel Management (DHM), Diploma in Culinary Arts (DCA) तहमा भर्ना खुला भएको छ । दुवै कोर्षमा ६ महिना अध्ययन तथा ६ महिना नेपालका चार तारे तथा पाँच तारे होटलमा इन्टर्नसिप गर्न पाइने बुढाथोकीले बताउनुभयो ।
त्यस्तैगरी, दुई वर्षे Diploma in International Professional Culinary Arts (DICA) मा समेत नयाँ भर्ना खुला भएको भन्दै बुढाथोकीले यस कोर्षमा १८ महिना अध्ययन तथा बाँकी ६ महिना होटलमा इन्टर्नसिप गर्न पाइने बताउनुभयो । CCHM Chitwan ले Certificate III in Commercial Cookery मा भर्ना खुला भएको भन्दै यो कोर्ष पश्चात केही समय नेपालमा रोजगार गरेपछि Australia मा पनि रोजगारका लागि Apply गर्न सकिने उहाँको भनाइ छ ।

CCHM Chitwan मा कुनै पनि विषयमा तालिम लिएपश्चात विद्यार्थीहरु बेरोजगार बन्नु नपर्ने कलेजकी प्रशासन प्रमुख रञ्जिता थापाले बताउनुभयो । ‘हामीकहाँ तालिम लिएका विद्यार्थीहरु खाली बस्नुपरेको छैन’ उहाँले भन्नुभयो, ‘तालिम सकिएपश्चात Dubai, Qatar, Kuwait, Maldives तथा Europe का विभिन्न देशहरुमा रोजगारको व्यवस्था हुने गरेको छ ।’ तालिम लिएपछि सबैले रोजगार पाउने थापाले बताउनुभयो ।
CCHM Chitwan ले अन्तर्राष्ट्रिय स्तरको सीप प्रदान गर्ने भन्दै उहाँले अनुभवी शेफ तथा प्रशिक्षकबाट सैद्धान्तिकसँगै व्यवहारिक सीप प्रदान हुने बताउनुभयो । विद्यार्थीहरुले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्ने र पेड इन्टर्नसिप तथा वैदेशिक रोजगारीका लागि विभिन्न अवसरहरु खुल्ने थापाको भनाइ छ । सहुलियतपूर्ण शुल्कमा भर्ना खुला भएको भन्दै उहाँले चाँडो भर्ना गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै, CCHM Chitwan मा छोटो समयअवधिका लागि पनि विभिन्न विषयमा तालिम सञ्चालन भइरहेको थापाले बताउनुभयो । प्रशासन प्रमुख थापाकाअनुसार CCHM Chitwan ले Basic Cooking, Pizza Making, Waiter/Waitress, Bar tending, Barista, Bakery & pastry, Front office Reception, House keeping र Tandoori Making सम्बन्धी विषयमा तालिमहरु दिइरहेको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई जुनसुकै कोर्षको भर्ना शुल्कमा 100% सम्म Scholarship को व्यवस्था रहेको CCHM Chitwan ले जनाएको छ ।





प्रतिकृया दिनुहोस्