नवलपुर । नवलपुरको गैँडाकोट–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका दुई जना विद्यार्थीलाई डिन लिस्ट अवार्ड प्राप्त गरेका छन् ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजका दुई जना विद्यार्थीले स्नातकतर्फ ३.९९ जिपिए प्राप्त गर्दै डिन लिस्ट अवार्ड प्राप्त गरेका हुन् । विश्वविद्यालयका चार जना विद्यार्थीले डिनलिस्ट अवार्ड प्राप्त गर्दा अक्सफोर्ड कलेजबाटै दुई जना विद्यार्थी यो लिस्टमा छनौट हुनु गौवरको विषय भएको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा डा ई हरि भण्डारीले बताउनुभयो ।
बिई सिभिलतर्फकी सञ्जिता श्रेष्ठ र बिसिएतर्फकी अनिषा सेढाईंले ३.९९ जिपिए ल्याउँदै डिन लिस्ट अवार्ड प्राप्त गरेका हुन् । प्रा डा इ भण्डारीकाअनुसार विश्वविद्यालयबाट सम्बन्धन लिएका ६४ वटा कलेजमध्ये अक्सफोर्ड कलेजले उत्कृष्ट नजिता हासिल गरेको हो ।
यसैबीच, कलेजमा स्नातकतर्फ धमाधम भर्ना खुला भइरहेको कलेजका सहायक प्रिन्सिपल कृष्णहरि पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बिएचएम, बिबिए, बिई सिभिल, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिई कम्प्युटरतर्फ नयाँ भर्ना खुला भएको हो । दक्ष तथा अनुभव प्राध्यापकहरुबाट अध्ययन अध्यापन कार्य हुने भन्दै पौडेलले सीमित सिटमा भर्ना खुलेकाले विद्यार्थीहरुलाई चाँडो भर्ना हुन आग्रह गर्नुभयो ।





प्रतिकृया दिनुहोस्