एआई सिर्जित तस्बिर
२६ असार २०८३, शुक्रबार ०८:४४
नवलपुर र गाईको बाच्छो काटेको अभियोगमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटबाट एक जना पक्राउ परेका छन् ।
गाईको बाच्छो काटेर खाएको अभियोगमा प्रहरीले गैँडाकोट–७ का ५६ वर्षीय सीताराम तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार तामाङलाई गाईको बाच्छो काटेको अभियोगमा पक्राउ गरी बिहीबार नवलपुर जिल्ला अदातलबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले तामाङलाई पशुपंक्षी (गौबध) सम्बन्धी मुद्दा चलाउने गरी अदालतबाट म्याद थप गरेको पण्डितको भनाइ छ ।
गाई काटेर गैँडाकोट–७ स्थित पिसपार्कमा मङ्गलबार गाईको टाउको र करङको भाग फालेको सूचना पछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।





प्रतिकृया दिनुहोस्