नवलपुर । नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु नेपाल सरकारको निर्देशनमा बन्द गर्न सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण मार्फत इन्टरनेट सेवा प्रदायक संस्थालाई विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिइएको छ ।
निर्देशनअनुसार नेपालमा सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिएको इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । संघमा आबद्ध भएका इन्टरनेट सेवा प्रदायकहरुले नेपालभित्र फेसबुक, फेसबुकको म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिङ्कड इन, स्न्यापच्याट, थ्रेट, विच्याट, इमो, लाइन, हाम्रोपात्रो सहितका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने जनाएका छन् ।

संघका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘इसपानले समन्वयकारी भूमिका निर्वाह गर्नका लागि मितिः २०८२/०५/१७ गते नेपाल सरकारलाई पत्र लेखी आवश्यक तयारी गरेको अवस्थामा थप तयारी नेपाल दूरसंचार प्राधिकरणसँग समन्वय गरि उल्लेखित सामाजिक संजालहरुलाई आफ्ना नेटवर्कमा बन्द गर्न लागिपरेको छ ।’
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यसकारण ग्राहक महानुभावहरुलाई पुग्न गएको क्षति एवं असुविधा प्रति हामी क्षमाप्राथी छौं । ग्राहक महानुभावहरु यहाँ उल्लेख भएका सामाजिक सञ्जालहरु बाहेकका सामाजिक सञ्जालहरु भने निर्वाध रुपमा हाम्रा सेवा प्रदायकहरुको नेटवर्कमा चलिरहेको कुरा अवगत गराउन पनि चाहन्छौं ।’
तोकिएका २६ वटा सामाजिक सञ्जाल बाहेकका सबै सामाजिक सञ्जाल नेपालभित्र सहज रुपमा सञ्चालन गर्न सकिने जनाइएको छ ।





प्रतिकृया दिनुहोस्