२३ भाद्र २०८२, सोमबार १६:३९
काठमाडौं । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निर्वाधरुपमा सञ्चालनममा रहेको पाइएको छ।
सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्यासेन्जर लगायतका प्ल्याटफर्म खुल्छन्। विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो। बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन चर्काएपछि गृहमन्त्री रमेश लेखक बाहिरिए।
गृहमन्त्री लेखक समितिको बैठकबाट बाहिरिएपछि समितिको बैठक पनि स्थगित भयो । बैठकपछि एक सांसद भन्दै थिए, ‘सिंहदरबारमा चल्ने अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि।’





प्रतिकृया दिनुहोस्