१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको […]

पूरा पढ्नुहोस्

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको […]

पूरा पढ्नुहोस्

होटल पौवाको १०औँ वार्षिकोत्सव : तीन दिनसम्म खानाका परिकार चखाउने

चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खानाका परिकार चखाउन स्वाद उत्सव गर्ने भएको छ । भरतपुर–१० क्यान्सर रोडमा रहेको होटलले यही चैत २७, २८ र २९ गते सेवाग्राहीहरुलाई निःशुल्करुपमा विभिन्न खानाका परिकार चखाउँदै वार्षिकोत्सवको कार्यक्रम मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा शाखाका […]

पूरा पढ्नुहोस्

बुद्ध पूर्णिमाका दिन भरतपुरमा एक्सिस ब्याण्ड गुञ्जिने

चितवन । बुद्ध पूर्णिमाको अवसर पारेर चितवनको भरतपुरमा ‘चितवन म्युजिक क्यारनिभल च्यारीटी फर क्होइबो’ हुने भएको छ । तमु प्ये ल्हु संघको ‘क्होइबो’ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ बैशाख १८ गते सांस्कृतिक साँझ गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सांस्कृतिक साँझमा ख्यातिप्राप्त ब्याण्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने जनाइएको छ […]

पूरा पढ्नुहोस्

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक […]

पूरा पढ्नुहोस्

विदेशको ज्ञान, स्वदेशमा कमाइ

नारायण अधिकारी चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो । विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, […]

पूरा पढ्नुहोस्

किम्बुका बिरुवाको माग बढ्दो

चितवन । रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई […]

पूरा पढ्नुहोस्

भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, प्रवेश निःशुल्क

चितवन । चितवनको भरतपुरमा आगामी चैत २७ गतेदेखि १०औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२ हुने भएको छ । प्रदर्शनीमा नेपालका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी स्टलहरू राखिने तयारी भइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चैत २९ गतेसम्म हुने यस प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरी स्टल र ‘मेड इन नेपाल स्वदेशी अभियान’मा […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा नारायणी नदीमाथि राष्ट्रिय पर्यटन काव्य उत्सव सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सुरु भएको छ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका ५० भन्दा बढी सर्जकहरुले उत्सवमा पर्यटन सम्बन्धी रचना वाचन, कार्यपत्र प्रस्तुत, काव्य विमर्शलगायतका क्रियाकलाप गर्ने जनाइएको छ । नारायणी नदीमा सञ्चालित नेपालकै पहिलो र एकमात्रै राइनो क्रुजमा सञ्चालित राष्ट्रिय पर्यटन काव्य उत्सवको पहिलो दिन आइतबार सर्जकहरुले रचना […]

पूरा पढ्नुहोस्

पर्यटकीय क्षेत्र भएर पनि सुदूरपश्चिममा छैनन् पर्यटक

सुदूरपश्चिम । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ […]

पूरा पढ्नुहोस्