आर्थिक
गैँडाकोटमा राष्ट्रिय साइकिलिङ प्रतियोगिता हुँदै, पहिलो हुनेलाई २५ हजार रुपैयाँ
नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ । गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज […]
पूरा पढ्नुहोस्
चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र
चितवन । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक […]
पूरा पढ्नुहोस्
सकियो चितवन उद्योग संघको सात दिने औद्योगिक अवलोकन भ्रमण
चितवन । चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ । वैशाख ९ गतेदखि बागमती प्रदेश चितवनबाट सुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा वैशाख १७ देखि अटो शो हुँदै
चितवन । चितवनको भरतपुरमा यही वैशाख १७ देखि दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसियसन र चितवन अटोमोबाइल्स एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शो वैशाख २१ गतेसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अटोमोबाइल व्यवसायको प्रवद्र्धन, सुरक्षित व्यवसाय सञ्चालन तथा सडकमा हुने […]
पूरा पढ्नुहोस्
एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन
चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । […]
पूरा पढ्नुहोस्
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत
रूपन्देही । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार महसुल बुझाउनुपर्ने […]
पूरा पढ्नुहोस्
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
चितवन । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । “कार्यालयले रु तीन करोड ७० […]
पूरा पढ्नुहोस्
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
चितवन । रोयल इन्फिल्डले चितवनको भरतपुरसहित देशभरी आफ्नो लोकप्रिय क्लासिक ३५० मोटरसाइकलको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा यसको आधिकारिक वितरण सन अटोमोबाइल्स प्रालि ले गरेको हो । बुधबार भरतपुरमा आयोजित भव्य समारोहका बीच सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल एशोसिएनका अध्यष […]
पूरा पढ्नुहोस्
नवलपुरका सांसद गौतमद्वारा भृकुटी कागज कारखाना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण
नवलपुर । नवलपुर क्षेत्र नम्बर १ का संघीय सांसद् राजन गौतमले गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना सञ्चालनको माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै गौतमले अर्थमन्त्री स्वर्णिम गौतमलाई सम्बोधन गर्दै कागज कारखाना सञ्चालनमा सरकारले चासो देखाउन आग्रह गरेका हुन् । उनले कागज कारखानालाई पूर्णरुपमा सञ्चालन गर्न वा […]
पूरा पढ्नुहोस्
तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा रु तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता […]
पूरा पढ्नुहोस्



