१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

सात्विक महायज्ञलाई करिब १० लाख अपुग, भारद्वाजको नेतृत्वमा गोरक्ष सेना घोषणा

चितवन । सम्भवतः नेपालमै पहिलो पटक भरतपुरको वागीश्वरीमा आयोजना भएको दुई महिना लामो कोटिहोम महायज्ञ गर्दा ९ लाख ६७ हजार रुपैयाँ अपुग (घाटा) भएको छ । महायज्ञलाई मर्यादित र विधिसंगत रूपमा सात्विक बनाउनका लागि कसैसँग पनि दान तथा सहयोगका लागि करकाप वा अनुरोध नगरी केवल स्वेच्छिक सहभागिताका लागि मात्र आह्वान गरिएको महायज्ञका संयोजक प्रेमनिधि भारद्वाजले […]

पूरा पढ्नुहोस्

नारायणीमा साढे १० किलोमिटर तटबन्ध निर्माण

नवलपुर । चालु आर्थिक वर्ष २०८२/८३ मा नारायणी नदीमा साढे १० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनतर्फ गरी १० दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलकाअनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन भएर बग्ने नारायणी नदीको […]

पूरा पढ्नुहोस्

‘सहकारीलाई उत्पादनमूलक संस्थाको रुपमा विकास गर्नुपर्छ’

नवलपुर । सहकारी क्षेत्रलाई वित्तीय संस्थाभन्दा पनि उत्पादनमूलक आर्थिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा वक्ताहरुले सहकारीलाई उत्पादनमूलक बनाउँदै समृद्धि ल्याउनुपर्ने बताएका हुन् । ‘सरकारको नीति, कार्यक्रम र बजेटः साना तथा मझौला उद्योग र सहकारी’ विषयमा आफ्ना धारणा राख्दै काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा अच्युत वाग्लेले देशमा […]

पूरा पढ्नुहोस्

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर । यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ । काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर  उहाँले गाउँमा  ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । […]

पूरा पढ्नुहोस्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि […]

पूरा पढ्नुहोस्

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । […]

पूरा पढ्नुहोस्

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि  होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् । सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले […]

पूरा पढ्नुहोस्

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन । यहाँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो । स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई […]

पूरा पढ्नुहोस्

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

मध्यविन्दु । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही […]

पूरा पढ्नुहोस्

भदौ २६ मा रिलिज हुने “बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली’ आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) […]

पूरा पढ्नुहोस्