१० कार्तिक २०८३, मङ्गलबार

समाचार

पाकिस्तानको शाहीन्सद्वारा नेपालका लागि एक सय ५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ६ भदौ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनाएको हो । […]

पूरा पढ्नुहोस्

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन, ६ भदौः  आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार […]

पूरा पढ्नुहोस्

मौरीको आक्रमणले अन्तिम संस्कारमा त्रास: चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर जलाए

राजस्थान, ६ भदौ । राजस्थानको सिकर जिल्लाको श्रीमाधोपुर क्षेत्रस्थित कन्चनपुर गाउँमा एक अन्तिम संस्कारको क्रममा मौरीको आक्रमणले त्रासदीपूर्ण दृश्य सिर्जना गर्‍यो। ८० वर्षीय माधोसिंह शेखावतको अन्त्येष्टिका लागि मसानघाट पुगेका मलामीहरू चितामै शव छाडेर भाग्न बाध्य भए। मसानघाटको मुख्य गेट नजिकैको पिपलको रुखमा मौरीको ठूलो गोला थियो। मलामीहरू दाउरा लिन गएका बेला मौरीले आक्रमण गरे, जसका […]

पूरा पढ्नुहोस्

जुत्ता लुकाउने चलनले विवाह तोडियो: बेहुली बिना फर्कियो जन्ती

भारत, ६ भदौ । रमाइलोको प्रतीक मानिने जुत्ता लुकाउने परम्पराले भारतको बिजनौर जिल्लाको गढमलपुरमा एक विवाह समारोहलाई नाटकीय मोडमा पुर्‍याएको छ। बेहुली पक्षले जुत्ता फिर्ता गर्न ५० भारु माग गरेपछि विवाद चर्कियो र अन्ततः जन्ती बेहुली बिना नै फर्किएको छ। शनिबार मोहम्मद साबिर र खुर्शीदकी छोरीबीच निकाह सम्पन्न भएको थियो। विवाहको विधि चलिरहेका बेला सालीहरूले […]

पूरा पढ्नुहोस्

वैज्ञानिकहरुद्वारा प्रयोगशालामा दाँत उमार्ने सफलता: दन्तचिकित्सामा क्रान्तिको संकेत

चितवन, ६ भदौ । किङ्स कलेज लन्डनका वैज्ञानिकहरूले प्रयोगशालामा मानव दाँत सफलतापूर्वक उमार्न सकेका छन्, जुन दन्तचिकित्साको क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ। मानव शरीरमा दाँत एकपटक मात्र फेरिन्छ, तर अन्य प्राणीमा बारम्बार दाँत उम्रने प्रक्रियाबाट प्रेरित हुँदै वैज्ञानिकहरूले इम्पेरिअल कलेज लन्डनसँग सहकार्यमा विशेष पदार्थ प्रयोग गरेर कोशिकालाई “दाँत बन्ने संकेत” दिन सफल भएका छन्। यस […]

पूरा पढ्नुहोस्

पहाडी जिल्ला बैतडीमा डेङ्गीबाट सात जनामा सङ्क्रमण पुष्टि

बैतडी, ५ भदौ । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय […]

पूरा पढ्नुहोस्

बजेटको कारण देखाउँदै ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम रोकियो

धनुषा, ४ भदौ । ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने […]

पूरा पढ्नुहोस्

चक्कु प्रहारबाट युवाको मृत्यु

रौतहट, ४ भदौ । रौतहटको यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । बुधबार अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले […]

पूरा पढ्नुहोस्

आजको लागि यस्तो तोकियो तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु […]

पूरा पढ्नुहोस्

‘मधेस प्रदेश इँटा उत्पादनमा देशकै अग्रणी’

जनकपुर, ५ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धानलगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । मुलुकभर रहेका करिब एक […]

पूरा पढ्नुहोस्