१० कार्तिक २०८३, मङ्गलबार

समाचार

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि […]

पूरा पढ्नुहोस्

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका […]

पूरा पढ्नुहोस्

आज गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले […]

पूरा पढ्नुहोस्

नवलपुरमा ट्रमा सेन्टर निर्माणको काम सुस्त

नवलपुर । नवलपुरको देवचुली–१७ मा निर्माणाधीन ट्रमा सेन्टर निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको एक वर्ष बितिसक्दा यहाँको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरले जनाएको छ । निर्माण सुरु भएको १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी भरतपुुरको बि बि एस जेभीले विसं २०८२ असार ३० गते […]

पूरा पढ्नुहोस्

नवलपुरमा असारमा मात्रै साढे ३५ प्रतिशत विकास खर्च

नवलपुर । नवलपुरमा गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा खर्च भएको पुँजीगत खर्चको साढे ३५ प्रतिशत रकम असारमा मात्र खर्च भएको पाइएको छ । विकास खर्चको नामले समेत चिनिने पुँजीगत खर्च जिल्लामा असार मसान्तसम्म एक अर्ब ७८ करोड २५ लाख ९१ हजार रुपैयाँ खर्च भएकोमा असार महिना मात्र ६३ करोड १९ लाख ३८ हजार रुपैयाँ […]

पूरा पढ्नुहोस्

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए […]

पूरा पढ्नुहोस्

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त हुनुहुन्छ । बिहीबार खेतमा भटिनुभएका उहाँ १५ कट्ठामा धान रोप्ने तयारीमा हुनुुहुन्छ । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उहाँले सुनाउनुभयो । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्नुहुन्थ्यो । यस […]

पूरा पढ्नुहोस्

संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी

जनक श्रेष्ठ लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेको सातकन्यादेवी मन्दिर पुनर्निर्माण भएपछि इलामपोखरीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको […]

पूरा पढ्नुहोस्

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै विद्यालय शिक्षामा व्यापक सुधारका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा, कार्यसम्पादन करार तथा रु दुई करोडबराबरको छात्रवृत्ति कोष सञ्चालनलगायतका रूपान्तरणकारी कार्यक्रम कार्यान्वयन […]

पूरा पढ्नुहोस्

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, […]

पूरा पढ्नुहोस्