समाचार
आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध
काठमाडौँ । बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असार ३२ गते आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका गुरु आगामी साउन २४ गते आइतबार १२ः२४ बजे पूर्वमा उदाउने समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका […]
पूरा पढ्नुहोस्
वर्षा हुन थालेपछि रोपाइँ तीव्र
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार वर्षा हुन थालेपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र […]
पूरा पढ्नुहोस्
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको […]
पूरा पढ्नुहोस्
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले […]
पूरा पढ्नुहोस्
गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ । नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो । पशु उपचारमा प्रयोग […]
पूरा पढ्नुहोस्
नवलपुरमा नमूना सदरमुकाम निर्माणको काम तीव्र
नवलपुर । देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरको नमूना जिल्ला सदरमुकाम निर्माणको कामले तीव्रता पाएको छ । नेपालको संविधान २०७२ अनुसार सिङ्गो नवलपरासी जिल्ला टुक्रिएर बनेको पूर्वतर्फको भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सङ्घीय र प्रदेश सरकारका सबै कार्यालय एकै ठाउँमा रहनेगरी नमूना सदरमुकाम निर्माणको काम अगाडि बढाइएको हो । नमूना सदरमुकाम निर्माण आयोजनाको शिलान्यास वि.सं. २०७६ वैशाख […]
पूरा पढ्नुहोस्
सात्विक महायज्ञलाई करिब १० लाख अपुग, भारद्वाजको नेतृत्वमा गोरक्ष सेना घोषणा
चितवन । सम्भवतः नेपालमै पहिलो पटक भरतपुरको वागीश्वरीमा आयोजना भएको दुई महिना लामो कोटिहोम महायज्ञ गर्दा ९ लाख ६७ हजार रुपैयाँ अपुग (घाटा) भएको छ । महायज्ञलाई मर्यादित र विधिसंगत रूपमा सात्विक बनाउनका लागि कसैसँग पनि दान तथा सहयोगका लागि करकाप वा अनुरोध नगरी केवल स्वेच्छिक सहभागिताका लागि मात्र आह्वान गरिएको महायज्ञका संयोजक प्रेमनिधि भारद्वाजले […]
पूरा पढ्नुहोस्
नारायणीमा साढे १० किलोमिटर तटबन्ध निर्माण
नवलपुर । चालु आर्थिक वर्ष २०८२/८३ मा नारायणी नदीमा साढे १० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनतर्फ गरी १० दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलकाअनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन भएर बग्ने नारायणी नदीको […]
पूरा पढ्नुहोस्
अविरल वर्षाका कारण गैँडाकोटका नौ घर विस्थापित
नवलपुर । आइतबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नौ घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार गैँडाकोट–४ डन चोकमा नौ घरपरिवार विस्थापित भएका छन् । सोमबार राति १० बजेतिर जङ्गलबार आएको बाढी र सडक छेउको नालीबाट आएको बाढीले नौ घरका ३५ जनालाई विस्थापित […]
पूरा पढ्नुहोस्
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने […]
पूरा पढ्नुहोस्



