समाचार
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० […]
पूरा पढ्नुहोस्
‘सहकारीलाई उत्पादनमूलक संस्थाको रुपमा विकास गर्नुपर्छ’
नवलपुर । सहकारी क्षेत्रलाई वित्तीय संस्थाभन्दा पनि उत्पादनमूलक आर्थिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा वक्ताहरुले सहकारीलाई उत्पादनमूलक बनाउँदै समृद्धि ल्याउनुपर्ने बताएका हुन् । ‘सरकारको नीति, कार्यक्रम र बजेटः साना तथा मझौला उद्योग र सहकारी’ विषयमा आफ्ना धारणा राख्दै काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा अच्युत वाग्लेले देशमा […]
पूरा पढ्नुहोस्
गाईको बाच्छो काटेको अभियोगमा एकजना पक्राउ
नवलपुर र गाईको बाच्छो काटेको अभियोगमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटबाट एक जना पक्राउ परेका छन् । गाईको बाच्छो काटेर खाएको अभियोगमा प्रहरीले गैँडाकोट–७ का ५६ वर्षीय सीताराम तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार तामाङलाई गाईको बाच्छो काटेको अभियोगमा पक्राउ गरी बिहीबार नवलपुर जिल्ला अदातलबाट […]
पूरा पढ्नुहोस्
अक्सफोर्ड कलेजका दुई जना विद्यार्थीलाई डिन लिस्ट अवार्ड
नवलपुर । नवलपुरको गैँडाकोट–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका दुई जना विद्यार्थीलाई डिन लिस्ट अवार्ड प्राप्त गरेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजका दुई जना विद्यार्थीले स्नातकतर्फ ३.९९ जिपिए प्राप्त गर्दै डिन लिस्ट अवार्ड प्राप्त गरेका हुन् । विश्वविद्यालयका चार जना विद्यार्थीले डिनलिस्ट अवार्ड प्राप्त गर्दा अक्सफोर्ड कलेजबाटै दुई जना […]
पूरा पढ्नुहोस्
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
भोजपुर । यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ । काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उहाँले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । […]
पूरा पढ्नुहोस्
वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै […]
पूरा पढ्नुहोस्
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि […]
पूरा पढ्नुहोस्
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । […]
पूरा पढ्नुहोस्
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
काठमाडौँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए […]
पूरा पढ्नुहोस्
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । […]
पूरा पढ्नुहोस्



