समाचार
त्रिविको पठनपाठन कात्तिक ११ गतेबाट सुरु हुने
चितवन । त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन कात्तिक ११ गतेबाट सुरु गर्ने भएको छ । त्रिविले कात्तिक ९ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ९ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो । रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा […]
पूरा पढ्नुहोस्
कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा आउनूः जिल्ला सुरक्षा समिति चितवन
चितवन । कारागार कार्यालय भरतपुरबाट निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । हिजो बेलुका सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गरि जिल्ला कारागार भरतपुरबाट बुधबार बिहान गेट फोडेर निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन अनुरोध गर्नुभएको हो । अर्यालले जारी गरेको सूचनामा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई […]
पूरा पढ्नुहोस्
जेन–जी आन्दोलनमा ३० जनाको मृत्यु, एक हजारभन्दा धेरै घाइते
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
नयाँ बन्ने सरकारका मुख्य चुनौती यस्ता हुन्छन्
काठमाडौंसहित देशभर चलेको दुईदिने आन्दोलनले सत्ता ढलिसकेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली भूमिगत छन् । संसदका पहिलो र दोस्रो ठूलो दलका धेरै नेता सुरक्षित ठाउँमा लुकेर बस्न बाध्य छन् । बूढानीलकण्ठमा रहेको आफ्नै घरभित्र आन्दोलनकारीको आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचाररत […]
पूरा पढ्नुहोस्
राष्ट्र हितका लागि काम गर्न तयार छु: सुशीला कार्की
काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेन-जी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उहाँले बताउनुभयो । भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘जेन–जी समूहले […]
पूरा पढ्नुहोस्
व्यवसायी भन्छन् – ‘देश अब शान्त हुनुपर्छ’
काठमाडौँ । सोमबारदेखि सुरु भएको शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शनमा ३० जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन १९ जनाको ज्यान गएपछि मङ्गलवार प्रर्शनकारीहरु आक्रोशित हुँदै ध्वंसात्मक रुपमा उत्रिँदा नेता तथा निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको थियो । प्रदर्शनकारीहरूको निसानामा सरकारी र निजी सम्पत्तिमाथि हुँदा देशभरका सबैजसो सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट […]
पूरा पढ्नुहोस्
आज जेन-जी र नेपाली सेनाबीच वार्ता
काठमाडौँ । जेन-जी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेन-जीबीच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो । […]
पूरा पढ्नुहोस्
‘भवन बन्ला, तर महत्त्वपूर्ण कागजात भेटिने छैनन्’
काठमाडौं । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल । यसअघि वि.सं २०३० साल असार २४ गते राति सिंहदरबारमा आगलागी भएको थियो । अध्यता नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको भनिएको छ ।’ ‘उक्त आगो नियन्त्रणका […]
पूरा पढ्नुहोस्
आन्दोलनकारीले लुटेका ३१ थान हतियार सेनाद्वारा बरामद
काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले आज बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । “काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ,” सेनाले भनेको छ । काठमाडौंका गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शन : नवलपुरमा पार्टी कार्यालय र नेताको घरमा आगजनी
नवलपुर । जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी (बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक पार्टी र नेताहरुको घरमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा […]
पूरा पढ्नुहोस्



