समाचार
नयाँ सरकार बनेपछि हट्यो कर्फ्यु र निषेधाज्ञा
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ […]
पूरा पढ्नुहोस्
साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने
चितवन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदैछ […]
पूरा पढ्नुहोस्
पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की: न्यायको बाटोमा एक साहसी यात्रा
नेपालको न्यायिक इतिहासमा एउटा सधैं उज्यालो रहिरहने नाम हो सुशीला कार्की । उहाँ केवल एक न्यायाधीश होइन, एक साहसी आवाज, एक इमानदार दृष्टिकोण र एक ऐतिहासिक परिवर्तनकी संवाहक समेत हुनुहुन्छ । जब देश अन्योलमा थियो, उहाँले न्यायको सिद्धान्तलाई अडिग राखेर नागरिक विश्वास पुनःस्थापित गर्नुभयो । बाल्यकाल र शिक्षा विसं २००९ साल जेठ २५ गते विराटनगरको […]
पूरा पढ्नुहोस्
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको इतिहासमा ४२औँ तथा पहिलाे महिला प्रधानमन्त्रीमा नियुक्त कार्कीको शपथ आजै हुँदैछ । यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने पनि बताइएको छ ।
पूरा पढ्नुहोस्
भाटभटेनी पुनर्निर्माणको घोषणा : ‘हामी अझ मजबुत भएर फर्किनेछौं’
चितवन । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति ठूलो भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ। सन्देशमा भनिएको छ, “विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको […]
पूरा पढ्नुहोस्
नवलपुरमा कर्फ्यु हट्यो, निषेधाज्ञा लगाइयो
नवलपुर । नवलपुरमा मङ्गलबार साँझदेखि जारी कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकार भविश्वर पाण्डेले आज बिहान सूचना जारी गर्दै जिल्लामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । जारी सूचनामा भनिएको छ, “नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका विभिन्न क्षेत्रमा यस अघि जारी भएको कर्फ्यु आदेश मिति २०८२/०५/२७ गते बिहान ७ बजेदेखि […]
पूरा पढ्नुहोस्
चितवनमा निषेधाज्ञा जारी
चितवन । जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। आज बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुँदासम्मका लागि […]
पूरा पढ्नुहोस्
प्रचण्डको अपिल: संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताउनुभएको छ । अहिलेको संविधान र व्यवस्थापिका संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प […]
पूरा पढ्नुहोस्
विधिको शासन बलियो बनाऔंः कांग्रेस नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनु आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश […]
पूरा पढ्नुहोस्
पापडको सुझाव: संवैधानिक प्रक्रियाबाट निकास खोजौँ
काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]
पूरा पढ्नुहोस्



