१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

स्थानीयले बयालिस थान हतियार बुझाए

बागलुङ । स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् । हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गर्नुभएको छ । […]

पूरा पढ्नुहोस्

नवलपुरमा आजबाट एचपिभी खोप अभियान सञ्चालन हुँदै

नवलपुर । पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आज शुक्रबारदेखि किशोरीहरुका लागि एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुँदैछ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का खोप सेवा ल्याब असिस्टेन्ट खरेल प्रसाद चौधरीले जिल्लामा फागुन १४ गतेसम्म सञ्चालन हुने खोप अभियानबाट तीन हजार पाँच सय ९५ जना किशोरीहरु लाभान्वित हुने जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । गम्भीर […]

पूरा पढ्नुहोस्

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा […]

पूरा पढ्नुहोस्

महिला तथा बालिकाको विज्ञानमा सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय […]

पूरा पढ्नुहोस्

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना मात्रै […]

पूरा पढ्नुहोस्

नवलपुरका मतदाता भन्छन् : चुनावी नारा, अझै छन् अधुरा

नवलपुर । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा नवलपुरका मतदाताहरु भने नेताहरुले गरेको चुनावी बाचा सम्झिन थालेका छन् । यस अघिका निर्वाचनमा उम्मेदवारहरुले गरेका चुनावी बाचा केही पूरा भए पनि धेरै अधुरा नै रहेका मतदाताहरु बताउँछन् । नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा रहेको नारायणी नदी कटान, मानव वन्यजन्तु […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

नवलपुर । नवलपुरको गैँडाकोटमा जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी फागुन १ देखि गैँडाकोटमा हुने पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख पुरस्कार हात पार्नेछ । गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उपविजेताले रु दुई लाख परस्कार पाउने मङ्गलबार आयोजित पत्रकार […]

पूरा पढ्नुहोस्

नवलपुरमा फागुन पहिलो साताबाट एचपीभी खोप अभियान

नवलपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आगामी फागुन १ देखि किशोरीहरुका लागि एचपीभी (ह्युमन प्यापिलोमा भाइरल) खोप अभियान सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जनस्वास्थ्य प्रशासक केशकप्रसाद चापागाईंकाअनुसार जिल्लामा फागुन १४ गतेसम्म सञ्चालन हुने खोप अभियानबाट तीन हजार पाँच सय ९५ जना किशोरीहरु लाभान्वित हुनेछन् । जिल्लामा […]

पूरा पढ्नुहोस्

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको […]

पूरा पढ्नुहोस्