गण्डकी प्रदेश
सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू
मुस्ताङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । […]
पूरा पढ्नुहोस्
एउटै किसानले बेचे रु २० लाखको सुन्तला
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु […]
पूरा पढ्नुहोस्
गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो । सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । त्यस्तै शनिबार भएको खेलबाट लुम्बिनी प्रदेश र मधेश […]
पूरा पढ्नुहोस्
गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमीफाइनल प्रवेश
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सेमीफाइनल यात्रा तयार गरेको छ । आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ […]
पूरा पढ्नुहोस्
नवलपुरको शिवालय मन्दिरमा भक्तजनको घुइँचो
नवलपुर । महाशिवरात्रि पर्वको अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका शिव मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । पर्वको अवसरमा आज बिहानैदेखि जिल्लामा रहेका गोपेश्वर महादेव मन्दिर, हरिहर संन्यास आश्रम, कैलाश संन्यास आश्रम, ॐकारेश्वर महादेव मन्दिर, गंगेश्वर महादेव महादेव मन्दिरलगायत शिवालय मन्दिरहरुमा दर्शनार्थी तथा साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार रातिदेखि नै यहाँका शिवालय मन्दिरमा […]
पूरा पढ्नुहोस्
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो । गएराति स्कुटरले ठक्कर दिँदा घाइते हुनुभएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान […]
पूरा पढ्नुहोस्
गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट: शनिबारको खेलमा लुम्बिनी र मधेश विजयी
नवलपुर । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको प्रतियोगितामा शनिबार लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका हुन् । शनिबारको पहिलो खेलमा बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले सात विकेटको जित निकालेको हो । बागमती प्रदेशले दिएको १०४ […]
पूरा पढ्नुहोस्
आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक […]
पूरा पढ्नुहोस्
राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा आयोजक गैँडाकोट मेयर्स ११ ले विजयी शुरुआत गरेको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज दिउँसो भएको उद्घाटन खेलमा गैँडाकोट मेयर्स ११ ले कर्णाली प्रदेश विरुद्ध ६ विकेटले जित हासिल गरेको हो । कर्णालीले दिएको १२० रनको चुनौती मेयर्स ११ […]
पूरा पढ्नुहोस्
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
कास्की । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे […]
पूरा पढ्नुहोस्



