१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

राप्ती नदीमा छोडियो घडियाल गोही

नवलपुर । स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउने उद्देश्यले नदीमा आश्रित समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले समुदायको सहभागितामा २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको हो । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जभित्र रहेको घडियाल प्रजनन केन्द्रमा हुर्किएका […]

पूरा पढ्नुहोस्

नवलपुरका ११ मतदानस्थल अतिसंवेदनशील

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा विभिन्न ११ मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा […]

पूरा पढ्नुहोस्

नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार […]

पूरा पढ्नुहोस्

शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव सुरु

नवलपुर । पवित्र धार्मिक स्थल देवघाटधाममा शतचण्डी महायज्ञ एवं देवघाट माघ महोत्सव २०८२ सुरु भएको छ । महा महोत्सवको उद्घाटन देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले गरेका थिए । देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर)को आयोजना तथा कथा वाचक आचार्य शीतलकृष्णजी […]

पूरा पढ्नुहोस्

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

टेकराज पोखरेल / रासस नवलपुर (नवलपरासी) । नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ […]

पूरा पढ्नुहोस्

नारायणघाट बुटवल सडक : पूर्वी खण्डका सबै पुल निर्माण सकियो

नवलपुर । सरकारले राष्ट्रिय गौरवको रुपमा अगाडि बढाएको नारायणघाट बुटवल सडक खण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ वटा पुलबाट सवारीसाधनसमेत सञ्चालन भइसकेका नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको […]

पूरा पढ्नुहोस्

गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा […]

पूरा पढ्नुहोस्

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार […]

पूरा पढ्नुहोस्

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

तनहुँ । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् । प्रतियोगितामा बझाङका करन रावल प्रथम हुनुभयो । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा […]

पूरा पढ्नुहोस्