१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

देवघाटमा शतचण्डी महायज्ञ एवम् माघ महोत्सव हुँदै

देवघाट । नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव हुने भएको छ । माघ १९ देखि माघ २९ गतेसम्म महायज्ञ एवम् माघ महोत्सव आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महायज्ञ एवम् माघ महोत्सवका सङ्कल्पकर्ता तथा कथा वाचक आचार्य शीतलकृष्णजी महाराजले देवघाटधामको धार्मिक महत्व […]

पूरा पढ्नुहोस्

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको […]

पूरा पढ्नुहोस्

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु भएको छ । गैँडाकोट–५ स्थित जानकरी ग्यालरीमा सुरु भएको प्रदेशस्तरीय प्रदर्शनी माघ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान एवम् गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । […]

पूरा पढ्नुहोस्

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ । माथिल्लो मुस्ताङको लोमान्थाङ […]

पूरा पढ्नुहोस्

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ […]

पूरा पढ्नुहोस्

उच्च पहाडी भेगमा बाक्लो हिमपात पर्दा जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च […]

पूरा पढ्नुहोस्

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको […]

पूरा पढ्नुहोस्

नवलपुरमा ३० कुष्ठरोगीको उपचार हुँदै

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा अहिले ३० जना कुष्ठरोगीको उपचार भइरहेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ नयाँ कुष्ठरोगीको पहिचान भएको छ । जिल्लामा हाल १२ महिला र १८ पुरुष कुष्ठरोगीको उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवमा मात्र एक महिला […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा २० करोड बढीको कारोबार

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ शनिबारदेखि सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा रु २० करोड बढीको कारोबार भएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका […]

पूरा पढ्नुहोस्