प्रदेश
कोटिहोम महायज्ञमा तर्पन मार्जन
चितवन । चितवनको भरतपुर-१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा सवा करोड पटक हवन भइसकेपछि तर्पन मार्जन भइरहेको छ । ब्राह्मणहरुले शनिबारसम्म तर्पन मार्जन गर्नेछन् । महायज्ञको समापनका दिन असार १४ गते पूर्ण आहूती हुने महायज्ञका मुख्यकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । आज निर्जला एकादशी परेकाले महायज्ञ दर्शन गर्ने भक्तजनको घुइँचो […]
पूरा पढ्नुहोस्
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र […]
पूरा पढ्नुहोस्
रास्वपाको मतदान सम्पन्न
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ः०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा दुई हजार ९५० मत खसेको अनुमान गरिएको छ । […]
पूरा पढ्नुहोस्
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो । आफ्नो भूमिका र जिम्मेवारीबारे […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक आठ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित […]
पूरा पढ्नुहोस्
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित […]
पूरा पढ्नुहोस्
‘पढ्दै कमाउँदै’ अवधारणासहित गैँडाकोटमा एनआईटी कलेज सञ्चालन
नवलपुर । नवलपुरको गैँडाकोटमा एनआईटी कलेज सञ्चालनमा आएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर पढ्दै कमाउँदै अवधारणामा कलेज सञ्चालन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गैँडाकोट–५ काँग्रेसचोकमा स्नातक तह अन्तर्गत ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने गरी कलेज सञ्चालन गरिएको कलेजका अध्यक्ष छविलाल कँडेलले बताए । एनआईटी कलेजले चालु शैक्षिक […]
पूरा पढ्नुहोस्
नवलपुरमा रात्रिकालिन मापसे चेकमा कडाइ
नवलपुर । नवलपुरमा रातिको समयमा दुर्घटना बढेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रातीको समयमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले नवलपुर प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधनको चेकजाँचलाई कडाइ गरिएको बताउनुभयो । उहाँकाअनुसार नवलपुर भित्रिने र […]
पूरा पढ्नुहोस्
तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण
चितवन । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या […]
पूरा पढ्नुहोस्
भोलिसम्मका लागि रास्वपाको बन्दसत्र स्थगित
चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन बन्दसत्र भोलि मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ । रास्वपाको निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका भए पनि महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा मंगलबारसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो । भोलि मंगलबार बिहान आठ बजेबाट बन्दसत्र […]
पूरा पढ्नुहोस्



