१२ कार्तिक २०८३, बिहीबार

प्रदेश

नवलपुरमा महिला र पुरुष मतदाता बराबर

आनन्द पोखरेल नवलपुर । नेपालकै कान्छो जिल्लाको रुपमा रहेको गण्डकी प्रदेशको नवलपुरमा पुरुष र महिला मतदाता बराबर रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका छन् । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार नवलपुरमा एक लाख ३४ हजार […]

पूरा पढ्नुहोस्

गुरुङ विद्यार्थीको राष्ट्रिय पार्सद भेला चितवनमा

चितवन । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय कार्यसमितिको चितवनमा हुने राष्ट्रिय पार्सद सभाको तयारी पूरा भएको छ । छोंज धींले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको छ । पुस २६ र २७ गते भरतपुर–२ स्थित तीन खोले गुम्बामा हुने राष्ट्रिय पार्सद सभामा देशका विभिन्न ३२ जिल्लाबाट प्रतिनिधि एवम् पर्यवेक्षक गरी […]

पूरा पढ्नुहोस्

सुजुकीको भिक्टोरिस भरतपुरको बजारमा

चितवन । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले भरतपुरमा साधवी इन्टरनेशनल प्रालिको सहकार्यमा नयाँ विलासी स्पोट्र्स युटिलिटी भेहिकल ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै धेरै सुविधा भएको गाडीका रुपमा प्रस्तुत गर्दै यसले आधुनिक डिजाइन, आरामदायी सुविधा र प्रविधिमैत्री विशेषता समेटिएको जनाएको छ । बिहीबार गाडीको बिक्री शुभारम्भ गर्दै साधवी इन्टरनेशनलका प्रबन्ध […]

पूरा पढ्नुहोस्

चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

नवलपुर । चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २५ देखि माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको ९० […]

पूरा पढ्नुहोस्

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले […]

पूरा पढ्नुहोस्

चितवनमा निर्वाचनको तयारी तीव्र

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो । यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको […]

पूरा पढ्नुहोस्

नवलपुरमा दुई लाख ६८ हजार मतदाता काय

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् । जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा […]

पूरा पढ्नुहोस्

चौथो गैँडाकोट महोत्सव : प्रवेशद्वारमा मौलाकालिका मन्दिर (भिडियो)

नवलपुर । चौथो गैँडाकोट महोत्सवको मिति नजिकिएसँगै महोत्सव स्थल नारायणी नदीकिनारमा धमाधम स्टल निर्माणको काम भइरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को आयोजनामा गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारीस्वरु स्टल निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलकाअनुसार गैँडाकोट […]

पूरा पढ्नुहोस्

महिलाहरुद्वारा मेला महोत्सवमा निःशुल्क प्रवेशको माग

गैँडाकोट, १७ पुस । नवलपुरका महिला उद्यमीहरुले महिलाहरुलाई निःशुल्क महोत्सव प्रवेश दिनुपर्ने सुझाव दिएका छन् । आगामी पुस २५ देखि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाबारे छलफलमा महिलाहरुले आफूहरुलाई निःशुल्क प्रवेश दिँदा स्थानीय उत्पादन प्रवद्र्धन हुने बताएका हुन् । छलफलका क्रममा युकुमारी शर्मा अनिताले महिलाहरु महोत्सव […]

पूरा पढ्नुहोस्

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल निर्माणको तीनवर्षः अझै सञ्चालनमा आएन

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो । विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । […]

पूरा पढ्नुहोस्