१२ कार्तिक २०८३, बिहीबार

प्रदेश

तरकारीले मूल्य पाएपछि किसान खुसी

चितवन । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उहाँले भन्नुभयो, “खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको […]

पूरा पढ्नुहोस्

पुस २५ देिख रत्नननगर महोत्सव हुँदै

चितवन । रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको […]

पूरा पढ्नुहोस्

चितवन उवासंघमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी

चितवन । चितवन उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ । आगामी पुस १९ र २१ गते हुने अधिवेशनका लागि भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी […]

पूरा पढ्नुहोस्

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन ।आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको […]

पूरा पढ्नुहोस्

गैँडाकोटबाट एक किलो गाँजासहित एकजना पक्राउ

नवलपुर । अवैध लागु औषध एक किलो गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो गैँडाकोट–७ गैरीका २८ वर्षीय सुरज भट्टराईलाई गाँजासहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले परालको टौवामा […]

पूरा पढ्नुहोस्

नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता […]

पूरा पढ्नुहोस्

पत्रकारितामा देखिएका विकृति सुधार गर्छु : अध्यक्ष आचार्य

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो । आचार्यले नागरिक सरकारको […]

पूरा पढ्नुहोस्

घरवहाल कर घरवेटीले नै तिर्ने हो : नगर प्रमुख महतो

चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आ.व. २०८२/८४ को लागि दुई वर्षे कार्ययोजना गोष्ठी माडीमा सुरु भएको छ । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले घरवहाल कर आम्दानी गर्ने (घरबेटी) ले नै तिर्नुपर्ने […]

पूरा पढ्नुहोस्

भरतपुरको एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

चितवन । चितवनको भरतपुरस्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल […]

पूरा पढ्नुहोस्

मध्यविन्दुमा सञ्चालनमा आयो १५ शय्याको नगर अस्पताल

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण […]

पूरा पढ्नुहोस्