११ कार्तिक २०८३, बुधबार

प्रदेश

देशभर निषेधाज्ञा र कर्फ्यु जारी

चितवन । जेन-जी सङ्घर्षका नाममा मुलुकमा बढ्दो अराजक गतिविधिलाई नियन्त्रण गर्न नेपाली सेनाले आमनागरिकलाई शान्ति सुरक्षा कायम राख्न सहकार्य गर्न आग्रह गरेको छ । सेनाले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा आन्दोलनकै नाममा तोडफोड, आगजनी, लुटपाट, बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ । सेनाका अनुसार विद्यमान परिस्थितिलाई […]

पूरा पढ्नुहोस्

विभिन्न स्थानमा लुटपाटमा संलग्न २६ जना सेनाको नियन्त्रणमा

काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न […]

पूरा पढ्नुहोस्

जेन-जीले लगाएको आगोमा परी झलनाथ खनालकी पत्नीको निधन

चितवन । ‘जेन-जी’ को प्रदर्शनका क्रममा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा लगाइएको आगोमा परेर खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ । डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको […]

पूरा पढ्नुहोस्

चितवनमा दिउँसो १२ बजेदेखि लगाइयो कर्फ्यु

चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र कर्फ्यु लगाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज बिहान सूचना जारी गर्दै कर्फ्यु लगाइएको जनाउनुभएको हो । आज दिउँसो १२ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि भनेर भरतपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको अर्यालले जनाउनुभयो । उहाँकाअनुसार भरतपुर महानगरपालिका क्षेत्रभित्र जारी गरिएको कर्फ्युमा पूर्वतर्फ […]

पूरा पढ्नुहोस्

गोली प्रहारको घटना लुकाइयो, गोली लागेर तीन जना घाइते (भिडियो सहित)

चितवन । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै सडकमा उत्रिएका जेन–जीको आन्दोलनमा चितवनमा गोली चलेको छ । सोमबार दिउँसो प्रहरीले चलाएको गोलीबाट तीन जना जेन–जी पुस्ता घाइते भएका छन् । तर, प्रहरीले गोली चलाएको घटना चितवनमा लुकाइएको छ । सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ती जारी गर्दा विज्ञप्तीमा गोली चलाइएको घटना समावेश गरिएको छैन । विज्ञप्तीमा दुई […]

पूरा पढ्नुहोस्

आज र भोलि विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

चितवन । जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शैक्षिक संघ–संस्थाहरूले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सञ्चालकहरुले भदौ २४ र २५ गते देशभरका विद्यालयहरू बन्द रहने जनाएका हुन् । एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज […]

पूरा पढ्नुहोस्

काठमाडौँमा रगतको अभाव भएपछि झापाबाट पठाइयो

झापा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लाोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि […]

पूरा पढ्नुहोस्

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि […]

पूरा पढ्नुहोस्

रमेश लेखकले दिए पदबाट राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी […]

पूरा पढ्नुहोस्

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको […]

पूरा पढ्नुहोस्